बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य हालसम्मकै उच्च


    हुलाक प्रेस

    • आइतबार, भदौ २ २०८१०२:१९
    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो ।

    शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो । 
    रासस


  • सम्बन्धित विषय:

  • # #goldpriceinnepal
  • प्रतिक्रिया दिनुहोस