बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनमा पुन: कोरोना: अक्टोबरमा २४ जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, कात्तिक २५ २०८००४:०३
    चीनमा पुन: कोरोना: अक्टोबरमा २४ जनाको मृत्यु

    बेइजिङ । चीनमा पुनः कोरोना सङ्क्रमण फैलिएको छ । अक्टोबर महिनामा चीनमा सङ्क्रमणका २०९ वटा केसहरू देखापरेका हुन् ।

    यस दौरान सङ्क्रमणबाट २४ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि चिनियाँ अधिकारी हरले उनीहरूको मृत्यु कोरोनाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्याबाट नभएको स्पष्ट पारेका छन् ।

    यी मृत्युहरू कोरोना र अन्य रोगका कारण भएको र यसमा कोरोना सङ्क्रमणबाट जिम्मेवार नभएको उनीहरूको भनाई छ । चीनमा पछिल्लो वर्ष डिसेम्बरमा कोरोना सङ्क्रमण बढेको थियो ।

    त्यतिबेला चीनका स्वास्थ्य अधिकारीहरूले केही महिनाभित्र ८० करोड मानिस कोरोनाबाट सङ्क्रमित भएको आशङ्का जताएका थिए ।


    प्रतिक्रिया दिनुहोस