काठमाडौं । घरेलु टोली बोरुसिया डर्टमन्डले जितका साथ जर्मन बुन्डेसलिगाको नयाँ सिजन सुरुआत गरेको छ ।
सिंगल इडुना पर्कामा शनिबार डर्टमन्डले इन्ट्राच्ट फ्रान्कफर्टमाथि २-० को जित निकाल्यो । डर्टमन्डका लागि दुवै गोल जेमी गिटेन्सले गरे ।
खेलको ७२औं मिनेटमा गिटेन्सको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो । इन्जुरी समयमा गिटेन्सले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई सुखद सुरुआत दिलाए ।
शनिबार नै सम्पन्न अन्य खेलमा लेभरकुसनले बोरुसिया मोन्चेनग्लाडबाच र होफिनहेइमले होल्स्टेइन किइललाई समान ३-२, आरबी लाइपजिगले बोचुमलाई १-० तथा फेइबर्गले स्टुटगार्टलाई ३-१ ले पराजित गर्दा माइन्ज युनियन बर्लिनसँग १-१ र अगस्बर्ग वेर्डरसँग २-२ को बराबरीमा रोकिए ।