शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • टेलिग्राम एपका सीईओ फ्रान्समा पक्राउ


    हुलाक प्रेस

    • आइतबार, भदौ ९ २०८११०:१७
    टेलिग्राम एपका सीईओ फ्रान्समा पक्राउ

    काठमाडौं । टेलिग्राम म्यासेजिङ एपका धनाढ्य संस्थापक तथा सीईओ पावेल ड्यूरोव पक्राउ परेका छन् । पावेल शनिबार फ्रान्सको रानधानी पेरिसभन्दा बाहिर रहेको बार्गेट विमानस्थलबाट पक्राउ परेका हुन् ।  

    अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार पावेल आफ्नो निजी जेटबाट अजरबैजान जाने क्रममा पक्राउ परेका हुन् । अनुसन्धानका लागि पावेललाई पक्राउ गरिएको हो । अनुसन्धान टेलिग्राममा मोडरेटरको कमीसँग केन्द्रीत छ । प्रहरीका अनुसार मोडरेटरको कमीका कारण टेलिग्राममा अपराधिक गतिविधि निर्वाध रुपमा चलिरहेको छ ।  

    दुबई स्थित टेलिग्रामको स्थापना रुसमा जन्मिएका ड्युरोबले गरेका थिए । रुस,युक्रेन र पूर्व सोभियन संघका देशहरुमा मुख्य प्रभाव रहेको टेलिग्राम फेसबुक,युट्टुब,ह्याट्सएप, इन्टाग्राम,टिकटक रवीच्याटपछिकै प्रमुख सामाजिक सञ्जाल हो । यो एपको लक्ष्य अर्को वर्षसम्म १ अर्ब प्रयोगकर्ता पुर्याउने रहेको छ ।  

    यसबारे टेलिग्रामले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। फ्रान्सेली गृह मन्त्रालय र प्रहरीबाट समेत अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। सन् २०२२ मा युक्रेनमा रूसको आक्रमण पछि, टेलिग्राम, युद्ध वरपरको राजनीतिको सन्दर्भमा दुवै पक्षबाट अनफिल्टर्ड सामग्रीको लागि सबैभन्दा प्रमुख प्लेटफर्म बनेको छ।

    टेलिग्राम एप युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अधिकारीहरूका लागि सञ्चारको मुख्य माध्यम पनि हो। क्रेमलिन र रुसी सरकारले पनि यसलाई आफ्नो समाचार साझा गर्न प्रयोग गर्ने गरेको छ। टेलिग्राम केही प्लेटफर्महरू मध्ये एक भएको छ, जहाँ रूसी युद्धसम्बन्धित सामग्री प्राप्त गर्न सकिन्छ। 


    प्रतिक्रिया दिनुहोस