शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी


    हुलाक प्रेस

    • मंगलबार, भदौ ११ २०८१०८:३२
    जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी

    एजेन्सी । जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।

    मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

    आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ । जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्‍याएको छ ।

    यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो । रासस/एएफपी


    प्रतिक्रिया दिनुहोस