बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साफ च्याम्पियनपशिप फाइनल: नेपाल विरुद्ध बंगलादेशको तेस्रो गोल


    हुलाक प्रेस

    • बुधबार, भदौ १२ २०८१०४:१६
    साफ च्याम्पियनपशिप फाइनल:  नेपाल विरुद्ध बंगलादेशको तेस्रो गोल

    काठमाडौँ । साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

    सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको दोस्रो हाफमा बङ्गलादेशले नेपालमाथि ३–० गोलको अग्रता बनाएको हो ।  खेलको ७१ औं मिनेटमा रवि हुसेनले तेस्रो गोल गरेका हुन् । त्यसअघि दुई गोल भने मिराजुलले गरेका थिए । दोस्रो गोल ५५ औं मिनेटमा भएको थियो भने पहिलो गोल खेलको पहिलो हाफमा भएको थियो । 

    खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ ।

    बङ्गलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो ।

    त्यसो त बङ्गलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #saafchampain
  • प्रतिक्रिया दिनुहोस