बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई देशव्यापी रुपमा निलम्बन गर्ने धम्की


    हुलाक प्रेस

    • बिहीबार , भदौ १३ २०८१०२:५१
    ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई देशव्यापी रुपमा निलम्बन गर्ने धम्की

    ब्रासिलिया (ब्राजिल) । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले एलोन मस्कलाई २४ घण्टाभित्र आफ्नो सामाजिक सञ्जाल एक्सको तर्फबाट कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिएका छन् ।

    न्यायाधिश मोरोसले मस्कले कानुन व्यवसायी नियुक्त नगरेमा सामाजिक सञ्जाल एक्सलाई देशव्यापी रुपमा निलम्बन गरिने चेतावनी दिएका छन् । 

    सर्वोच्च अदालतको आफ्नो आधिकारिक एक्स अकाउन्टमार्फत एलोन मस्कलाई २४ घण्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न समाह्वान जारी गरेको हो ।

    “ सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बुधबार राति व्यवसायी एवं सामाजिक सञ्जाल एक्सका प्रमुख एलोन मस्कलाई ब्राजिलमा २४ घण्टाभित्र कम्पनीको तर्फबाट नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दिनुभएको छ”, अदालतको आधिकारिक साइटमार्फत जानकारी गराइएको छ । “सन् २०२४ अगस्ट १८ मा नै सामाजिक सञ्जालमा अदालतको आधिकारिक पोस्टमार्फत एक्सको तर्फबाट नियुक्त गरिएको कानुन व्यवसायीलाई अदालतमा उपस्थित हुनका लागि समाह्वान जारी गरिएको थियो ।”  

    सर्वोच्च अदालतले न्यायप्रक्रियामा बाधा पुर्याएमा ब्राजिलमा सामाजिक सञ्जाल एक्सको सञ्चालन निलम्बन हुने चेतावनी दिएको छ । 

    मोरेसले न्यायामा बाधा पुर्याएकोसहित अन्य आरोपमा मस्कलाई अनुसन्धानको दायरामा राखेका छन् ।

    यस वर्षको सुरुमा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले न्यायाधीश मोरेसले एक्सका विभिन्न खाताबाट दुष्प्रचार फैलाएको आरोप लगाउदै केही खाता बन्द गर्न आदेश दिएपछि विवाद सुरु भएको हो ।

    तर एक्सका प्रमुख मस्कले ब्राजिलका न्यायाधीशको आदेशलाई चुनौती दिँदै पुराना केही खातामाथिको प्रतिबन्ध हटाएका थिए । 
    रासस


  • सम्बन्धित विषय:

  • # #x
  • # #alonmusk
  • प्रतिक्रिया दिनुहोस