काठमाडौं । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले ला लिगामा पहिलो गोल गरेका छन् । आइतबार राति रियाल मड्रिडले रियाल बेटिसलाई २–० ले हराउँदा दुबै गोल एम्बाप्पेको नाममा रह्यो ।
एम्बाप्पेले दुबै गोल दोस्रो हाफमा गरेका हुन् । दोस्रो जितसँगै रियालले ४ खेलबाट आठ अंकसहित दोस्रो स्थानमा उक्लियो । समान चार खेलबाट बार्सिलोना चार खेल जित्दै शीर्षस्थानमा छ ।
यसै सिजन रियाल मड्रिड आएका एम्बप्पेले पहिलो गोल ६७औं मिनेटमा गरे । फेडेरिको भाल्भर्डेले मिलाएको पासमा उनले गोल गरेका हुन् ।
दोस्रो गोल खेलको ७५औं मिनेटमा भयो । यसपटक पेनाल्टीमा फ्रान्सका कप्तान सफल भएका हुन् ।