बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • इङ्लिस प्रिमियर लिग: चेल्सी र क्रिस्टल प्यालेसले बराबरी खेले


    हुलाक प्रेस

    • सोमबार, भदौ १७ २०८१०८:१५
    इङ्लिस प्रिमियर लिग: चेल्सी र क्रिस्टल प्यालेसले बराबरी खेले

    काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। 

    चेल्सीको घरेलु मैदान स्ट्याफेर्ड ब्रिजमा भएको खेलमा चेल्सी क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको हो। चेल्सीका लागि निकोलस ज्याकसन र क्रिस्टलका लागि इबेरेची इजेले गोल गरे। 

    पहिलो हाफको २५ औँ मिनेटमा ज्याक्सनको गोलमा घरेलु टोली चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। 

    पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा घरेलु टोलीले गोल खान पुग्यो। खेलको ५३ औँ मिनेटमा इजेको गोलमा क्रिस्टल प्यालेस खेलमा फर्कियो। 

    त्यसपछि खेलमा थप गोल हुन नसक्दा दुई टोलीले अंक बाँडेका हुन्। गएराति नै भएको अर्को खेलमा टोटेनहम न्युक्यासल युनाइटेडसँग पराजित भएको छ। 

    घरेलु मैदानमा न्यु क्यासलले टोटेनहमलाई २–१ गोल अन्तरले हराएको हो। न्युकासलको जितमा अलेक्जेन्डर इसाक र हार्वे बान्र्सले गोल गरे। टोटनहमले भने १ गोल उपहार पाएको थियो। 

    पहिलो हाफको ३७ औँ मिनेटमा बान्र्सको गोलको न्युक्यासलले सुरुवाती अग्रता बनायो। तर खेलको ५६ औँ मिनेटमा न्युकासलका ड्यान बर्नको आत्मघाती गोलमा क्रिस्टल प्यालेस बराबरीमा आएको थियो। खेलको ७८औं मिनेटमा इसाकको गोलमा न्युकासलको जित पक्का भयो।

     


    प्रतिक्रिया दिनुहोस