बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अञ्जिलाले युरोपियन लिग खेल्ने


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०७:४७
    अञ्जिलाले युरोपियन लिग खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन् ।

    अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

    अञ्जिला पहिलो एसिया बाहिर खेल्न लागेकी हुन् । अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन् । ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु ’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेख लगातार प्रयासमा थिए । अहिले त्यो पूरा हुने भएको छ । लिग खेल्ने उत्साहित छु ।’

    विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् । 

    अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन् । इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।

    निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौं स्थानमा थियो ।

    यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।


  • सम्बन्धित विषय:

  • # नेपाली फुटबलर अञ्जिला
  • प्रतिक्रिया दिनुहोस