बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अहिले सन्यास लिने सोचेको छैन, समय आएपछि म सहज छाड्छुः रोनाल्डो


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०७:५१
    अहिले सन्यास लिने सोचेको छैन, समय आएपछि म सहज छाड्छुः रोनाल्डो

    काठमाडौं । पोर्चुगाली लिजेन्ड क्रिस्टियानो रोनाल्डोको अहिले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कुनै योजना छैन् । तर साँच्चै जति बेला समय आउनेछन्, उनका लागि यो काम कुनै गाह्रो पनि हुने छैन् । भन्छन्, ‘जब समय आउने छ, मैले सजिलै छाडिदिनेछुं ।’

    यी ३९ वर्षीय रोनाल्डो त्यस्ता खेलाडी हुन्, जसको बराबर न त कसैले आफ्नो देशका लागि खेलको छ, न गोल नै गरेका छन् ।

    उनले पोर्चुगलका लागि २ सय १२ खेल खेलिसके, अनि त्यसमा १ सय ३० गोल गरेका छन् । पोर्चुगलले अबको साता क्रोएसिया र स्टकल्यान्डविरुद्ध नेसन्स लिगमा खेल्दैछ ।

    त्यसका लागि घोषित टिममा रोनाल्डो पनि छन् । तर उनका लागि युरो २०२४ राम्रो रहेन्, त्यसमा उनको प्रदर्शन लगभग खराव जस्तै रह्यो । यसै कारण अहिले अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको भविष्यलाई लिएर प्रश्न उठेको हो ।

    म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडबाट खेलेर नाम कमाएका रोनाल्डो अहिले साउदी अरेबियाको अल–नासरमा आवद्ध छन् ।

    उनी भन्छन्, ‘जति बेला समयले माग्नेछ, मैले अन्तर्राष्ट्रिय फुटबल खेल्न छाड्ने छुं । मेरो लागि कुनै पनि प्रकारले गाह्रो न गाह्रो निर्णय हुनेछैन् । जति बेला मलाई लाग्नेछ, मैले पोर्चुगलका लागि कुनै प्रकारको योगदान गर्न सक्दिनं, म नै त्यस्तो पहिलो हुनेछुं, जसले अब खेल्दिनं भन्ने छ ।’


  • सम्बन्धित विषय:

  • # रोनाल्डो
  • प्रतिक्रिया दिनुहोस