बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अन्तर्राष्ट्रिय फुटबलबाट स्वारेजको सन्यास घोषणा


    हुलाक प्रेस

    • मंगलबार, भदौ १८ २०८१०७:५७
    अन्तर्राष्ट्रिय फुटबलबाट स्वारेजको सन्यास घोषणा

    काठमाडौं । उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सोमबार राति ३७ वर्षीय स्वराजले १७ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा अन्त्य गर्ने निर्णय गरे ।

    ‘शुक्रबार मेरो अन्तिम खेल हुनेछ,’ स्वारेजले भने, ‘मेरोलागि यही समय उपयुक्त लाग्यो । म अझै खेल्न चाहन्थे । तर, चोटका कारण त्यो सम्भव हुँदैन ।’

    उनले देशबाट १४२ खेल खेल्दा ६९ गोल गरेका छन् । सन् २००७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । सन् २०१० मा भएको कोपा अमेरिका जितेका थिए । त्यस्तै अन्तिम पटक पनि गत कोपा अमेरिका नै खेलेका हुन् ।

    स्वारेजकै गोलमा तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई हराएको थियो ।

     


  • सम्बन्धित विषय:

  • # स्वराज
  • प्रतिक्रिया दिनुहोस