बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेसी र रोनाल्डोबिना बालोन डि ओरमा ३० खेलाडी


    हुलाक प्रेस

    • बिहीबार , भदौ २० २०८१०७:२३
    मेसी र रोनाल्डोबिना बालोन डि ओरमा ३० खेलाडी

    काठमाडौं । सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेसी तथा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोबिनै बालोन डि ओर अवार्डको प्रारम्भिक ३० खेलाडी सुची सार्वजनिक भएको छ ।

    बुधबार राति सार्वजनिक नयाँ सुचीमा इङ्ल्यान्ड र स्पेनका समान ६ जना खेलाडी छन् । जसमा जुड वेलिंघम बलियो पात्र हुन् । रियाल मड्रिडबाट च्याम्पियन्स लिग जितेका ७ खेलाडी छन् ।

    पाँच पटकका विजेता रोनाल्डो  पछिल्लो पटक मनोनयनमा परेका थिए । सन् २०२३ मा कीर्तिमानी आठौं पटक जितेका मेसी पनि बाहिर छन् । १६ पटक मनोनयनमा परेका मेसी यसपटक कोपा अमेरिका जितेपनि ३० खेलाडीमा स्थान बनाउन सकेनन् ।

    स्पेनको ६ खेलाडीमा १७ वर्षका बार्सिलोनाका विंगर लामिन यमल पनि समावेश छन् । त्यस्तै, निको विलियम, एलेजान्ड्रो ग्रिमाल्डो, डानी ओल्मो, रोड्रि, र डानी कार्भाजाल छन् ।

    रियाल मिड्रडरबाट सात खेलाडी छन् । जसमा केलियन एब्बाप्पे, जुड वेलिंघम र भिनिसियस जुनियर छन् । इङ्ल्यान्डबाट कप्तान ह्यारी केन, बुकायो साका, डिक्लेन राइस, कोल पाल्मर र फिल फोडनले स्थान बनाए ।  

    महिलातर्फ पनि स्पेनबाट बार्सिलोनाका ऐटाना बोनमतीसँगै ६ खेलाडी समावेश छन् । बालोन डि ओरको अन्तिम विजेता अक्टोबर २८ पेरिसमा हुनेछ । 


    प्रतिक्रिया दिनुहोस