बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यौन दुर्व्यवहारको आरोपमा भ्यालेन्सियाका स्ट्राइकर राफा पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , भदौ २० २०८१०७:३०
    यौन दुर्व्यवहारको आरोपमा भ्यालेन्सियाका स्ट्राइकर राफा पक्राउ

    काठमाडौं । भ्यालेन्सियाका स्ट्राइकर राफा मीर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । स्पेनिस गार्डिया सिभिल प्रहरीले उनलाई पक्राउ गरिएको हो ।

    गार्डिया सिभिलका प्रवक्ताले भ्यालेन्सियामा ला लिगाका एक खेलाडीलाई एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको थियो । तर, नाम भने खुलाएको थिएन ।

    भ्यालेन्सियाले एक विज्ञप्ति जारी गर्दै पक्राउबारे आफू जानकार रहेको र न्याय प्रणालीलाई सहयोग गर्ने जनाएको छ । २७ वर्षीय मीरले वुल्भरह्याम्पटन वान्डरर्स र सेभियाका लागि पनि खेलेका थिए । अहिले उनी आफ्नो बाल्यकालको क्लब भ्यालेन्सियामा लोनमा छन् ।

    क्याडेना सेर रेडियो स्टेसनजले मीर मंगलबार आफ्नो टोलीसँग प्रशिक्षणमा उपस्थित नभएको समाचार प्रशारण गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस