बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०८:२५
    लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

    काठमाडौं । भारतीय प्रान्त उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

    समाचार एजेन्सी एएनआईले राहत आयुक्त कार्यालय, लखनऊलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

    समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ । दुर्घटनामा घाइते हुनेको संख्या २८ पुगेको राहत आयुक्तको कार्यालयले जनाएको छ । उद्धार जारी रहेको र घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली रहेको कार्यालयले जानकारी दिएको छ ।


    प्रतिक्रिया दिनुहोस