बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • फ्रान्समा नयाँ प्रधानमन्त्रीविरुद्ध जनता सडकमा


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०८:३०
    फ्रान्समा नयाँ प्रधानमन्त्रीविरुद्ध जनता सडकमा

    काठमाडौं । फ्रान्समा नयाँ प्रधानमन्त्री मिसेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले मिसेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन् ।

    फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो । निर्वाचनमा दक्षिणपन्थी दललाई हराउन वामपन्थी दलले गठबन्धन बनाएका थिए ।

    चुनावमा सुरुमा दक्षिणपन्थी दलहरू बलियो देखिए पनि नतिजा अन्ततः वामपन्थी दलहरूको पक्षमा आयो । राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिसेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि जनतामा आक्रोशित भएका हुन् । 

    बीबीसीका अनुसार शनिबार एक लाखभन्दा बढी मानिसले मिसेलको नियुक्तिको विरोध गर्दै सडकमा प्रदर्शन गरे ।

    यो विरोध ट्रेड युनियन र एनपीएफका सदस्यहरूले गरिरहेका छन् । राष्ट्रपतिले आफूहरूको प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकार गरेकामा उनीहरू आक्रोशित भएका हुन् ।

    फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले यो प्रदर्शनमा देशभर करिब १ लाख १० हजार मानिस सहभागी भएको जनाएको छ ।

    फ्रान्सको राजधानी पेरिसबाट पनि २६ हजारभन्दा बढी मानिसले प्रदर्शनमा भाग लिएका थिए । अर्कातर्फ ईयू ब्रेक्जिटका पूर्ववार्ताकारसमेत रहेका नवनियुक्त प्रधानमन्त्री मिसेल बार्नियरले सरकार गठनका लागि वामपन्थीलगायत अन्य दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस