बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • कोहलीलाई बधाई दिदैँ तेन्दुलकरले लेखे- जवान खेलाडी महान खेलाडीमा परिणत भयो


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २९ २०८००९:५८
    कोहलीलाई बधाई दिदैँ तेन्दुलकरले लेखे- जवान खेलाडी महान खेलाडीमा परिणत भयो

    काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीले बुधबार सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान आफ्नो नाममा बनाएका छन्। 

    मुम्बईमा जारी आईसीसी विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्धको पहिलो सेमिफाइनल खेलमा कोहलीले भनेको ओडीआई करिअरमै सर्वाधिक शतक प्रहार गरेका हुन्। 

    यससँगै आफ्नो नाममा रहेको कीर्तिमान ब्रेक गरेपछि विराटको तस्बिरसहित सामाजिक सञ्जालबाट तन्दुलकारले खुसी साटेका छन्।  उनले वर्षौंअघि ड्रेसिङ रुममा आफूमाथि खेलेको ‘प्र्याङ्क’ सम्झँदै लेखेका छन्, ‘मैले तपाईलाई पहिलो पटक भारतीय टोलीको ड्रेसिङ फर्ममा भेटेको थिएँ। त्यहाँ तपाईंको टोलीका अन्य सदस्यले ठट्टा गरे र मेरो खुट्टा छुनुभयो। त्यो दिन म धेरै हाँसे।’

    विराटको जोश र कौशल प्रदर्शनले आफ्नो हृदय छोएको उनले बताएका छन्। ‘तपाईंले आफ्नो जोश र कौशलले मेरो हृदय छोएको छ। म धेरै खुसी छु, एक जवान केटा अब एक महान खेलाडीमा परिणत भएको छ,’ उनले भनेका छन्।

    आफ्नौ गृह मैदानमा एक भारतीयले आफ्नै कीर्तिमान तोडेकोमा आफू यसभन्दा बढी खुसी हुन नसक्ने उनले बताएका छन्। 

    ‘एकजना भारतीयले मेरो कीर्तिमान तोडेकोमा म यो भन्दा खुसी हुन सक्दिन र त्यो पनि सबैभन्दा ठूलो प्रतियोगिता– विश्वकपको सेमिफाइनलमा र मेरो घरेलु मैदानमा...’


    प्रतिक्रिया दिनुहोस