बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • क्यानाडा जाने क्रिकेट टोलीको घोषणा


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८१०७:१९
    क्यानाडा जाने क्रिकेट टोलीको घोषणा

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ को दोस्रो शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय शृंखलामा नेपाल, घरेलु टोली क्यानाडा र ओमान छन् ।

    नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ ।

    नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृंखलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

    नेपाली टोली

    रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी करण केसी, गुल्शन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने । यसैगरी ट्रभलिङ रिजर्भका रूपमा देव खनाल छन् । 


    प्रतिक्रिया दिनुहोस