बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेसन्स लिगमा फ्रान्स र इटाली विजयी


    हुलाक प्रेस

    • मंगलबार, भदौ २५ २०८१०८:५०
    नेसन्स लिगमा फ्रान्स र इटाली विजयी

    काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह दुईको खेलमा फ्रान्स र इटली विजयी भएका छन् ।

    फ्रान्सले बेल्जियमलाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको हो । लियोनस्थित घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि कोलो माउनीले २९औं र उसमान डेम्बेलेले ५७औं मिनेटमा गोल गरे ।

    समूहमा पहिलो जित हात पारेको फ्रान्सको दुई खेलबाट ३ अंक भएको छ । ३ अंक नै रहेको बेल्जियमलाई पछि पार्दै फ्रान्स दोस्रो स्थानमा उक्लेको छ । पहिलो खेलमा फ्रान्स इटलीसँग पराजित भएको थियो ।

    उता इटलीले भने इजरायललाई २-१ ले पराजित गर्दै लगतार दोस्रो जित हात पारेको छ । बुढापेष्टमा भएको खेलमा इटलीका लागि  डेभिड फ्राटेसीले ३८औं र मोइस किनले ६२औं मिनेटमा गोल गरे ।

    इजरायलका लागि अबु फानीले ९०औं मिनेटमा एक गोल फर्काए । लगतार दोस्रो जितपछि इटली ६ अंक जोडेर समूहको शीर्ष स्थानमा छ । लगतार दुई हारपछि इजरायल अंकविहफन छ ।


    प्रतिक्रिया दिनुहोस