बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेसी बिनाको अर्जेन्टिना पराजित


    हुलाक प्रेस

    • बुधबार, भदौ २६ २०८१०८:११
    मेसी बिनाको अर्जेन्टिना पराजित

    काठमाडौं । कप्तान लियोनल मेसीबिना विश्वकप २०२६ छनोट खेलेको अर्जेन्टिना कोलम्बियासँग २–१ ले पराजित भएको छ ।

    बुधबार बिहान भएको खेलमा कोलम्बियालाई घरेलु मैदानमा जिताउन जेम्स रोड्रिगुइज र येर्सन मस्क्वेराले गोल गरेका थिए । अर्जेन्टिनाको लागि निकोलास गोन्जालेजले एक गोल फर्काए ।

    अमेरिकी छनोट खेलमा दोस्रो हार बेहोरेपनि अर्जेन्टिना शीर्षस्थानमा यथावत छ । ८ खेलबाट टोलीले ६ जितसहित १८ अंक जोडेको छ । चौथो जित निकालेको कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा उक्लियो । १५ अंकसहित उरुग्वे तेस्रो स्थानमा छ ।

    कोलम्बियाविरुद्ध लौटारो मार्टिनेज, जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, लेसान्द्रो पराडेज, रोड्रिगो डि पाउल र एलेक्सिस म्याक एलिस्टरले गोलको अवसर बनाएपनि सदुयोग गर्न सकेनन् ।

    खेलमा अग्रता घरेलु टोली कोलम्बियाले नै बनायो । २६औं मिनेटमा रोड्रिगुइजकै पासमा येर्सनले गोल गरे ।  गोन्जालेजले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै बराबरी गोल गरेका थिए । पाएको पेनाल्टी सदुपयोग गर्दै जेम्सले विजयी गोल गरेका हुन् ।


    प्रतिक्रिया दिनुहोस