काठमाडौं । २०२६ को फिफा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणमा नेपाल बिहीबार युएईसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप छनोटअन्तर्गत आज नेपालले युएईसँग खेल्न लागेको हो।
युएईको दुबईमा नेपाली समयअनुसार राति ९:३० मा खेल सुरु हुनेछ। दोस्रो चरणमा नेपालले युएईसँगै बहराइन र यमनसँग भिड्नेछ। नेपाल दोस्रो चरणमा आफ्नो समूहमा फिफा वरीइयतामा सबैभन्दा कमजोर टोली हो।
नेपालले यसअघि १९८४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल युएईसँग ११-० ले पराजित भएको थियो। त्यसयता नेपालको यो युएईसँग पहिलो खेल हो।
फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३ औं र यमन १५६ औं स्थानमा रहँदा नेपाल १७३ औं स्थानमा रहेको छ।