बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुग्यो


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १ २०८०१२:२६
    टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुग्यो

    काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।
    अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ ।

    टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

    २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।


    प्रतिक्रिया दिनुहोस