बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • महिला टी-२० क्रिकेट सिरिज: जापानविरुद्ध नेपाल ६७ रनले विजयी


    हुलाक प्रेस

    • शनिबार, मंसिर २ २०८०१२:०२
    महिला टी-२० क्रिकेट सिरिज: जापानविरुद्ध नेपाल ६७ रनले विजयी

    काठमाडौं । चार देश सम्मेलित महिला टी–२० क्रिकेट सिरिजअन्तर्गत जापानविरुद्धको खेलमा नेपाल ६७ रनले विजयी भएको छ। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएर जबाफी ब्याटिङमा उत्रिएको जापान २० ओभरमा अलआउट हुँदै मात्र ४६ रनमा समेटियो। 

    जापानका लागि सिका सुमीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक पनि जोड्न सकेनन्। जापानका ३ जना ब्याटर शून्य रनमा आउट भए। 

    जापानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी संगीता राई एक्लैले ५ विकेट लिइन्। यस्तै, पूजा महतो र अस्मिना कर्माचार्यले २–२ विकेट लिए।  

    हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो। 

    नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। ३२ बल सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। यस्तै, कप्तान इन्दु बर्माले २७ रन बनाइन्। ३१ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन्। नेपालका लागि काजल श्रेष्ठले १५ तथा पूजा महतोले १३ रनको योगदान दिए। सीता रानामगरले ९ रन बनाइन् भने अस्मिना कर्माचार्य १ रनमा नटआउट रहिन्। 

    नेपालविरुद्ध जापानकी एलेना कुसुदा-नायर्नले २ विकेट लिइन्। यस्तै, मेग ओगावा र अयुमी फुजिकावाले समान १–१ विकेट लिए। 

    लगातार २ खेलमा पराजित भएपछि नेपाल सिरिजको उपाधि होडबाट बाहिरिएको थियो। जापानविरुद्ध जित निकालेपछि नेपालले तेस्रो स्थान सुरक्षित गरेको छ। 


    प्रतिक्रिया दिनुहोस