काठमाडौं । इटालियन सिरी ‘ए’ अन्तर्गत मिलान डर्बीमा एसि मिलानले इन्टर मिलानलाई २–१ ले हराएको छ ।
आइतबार राति ७५ हजार समर्थकमाझ एसि मिलानलाई जिताउन अन्तिम मिनेटमा माटेओ गाबियाले निर्णायक गोल गरे ।
यसअघि क्रिष्टियन पुलिसिकले खेलमा अग्रता बनाएका थिए । इन्टर मिलानको लागि फेडेरिको डिमार्काेले पहिलो हाफमै बराबरी गोल गरेपनि माटेओले विजयी गोल गरेका हुन् ।
पाँच खेलबाट समान आठ अंक जोडेका इन्टर र एसि मिलान क्रमशः छैटौं र सातौं स्थानमा छन् । सिरी ‘ए’ मा टोरिनो ११ अंकसहित शीर्ष स्थान तथा नापोली १० अंकसहित दोस्रो स्थानमा छ ।