बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप क्रिकेटः भारतको पाचौ विकेट गुम्यो, २२ बलमा ९ रन मात्रै बनाएका जडेजा आउट


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००५:१५
    विश्वकप क्रिकेटः भारतको पाचौ विकेट गुम्यो, २२ बलमा ९ रन मात्रै बनाएका जडेजा आउट

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतको पाँचौं विकेट पतन भएको छ।

    भारतले पाँचौं विकेटका रुपमा रवीन्द्र जडेजालाई गुमाएको हो। उनी २२ बलमा ९ रन मात्र बनाएर आउट भए। उनको विकेट हेजलवडले लिएका हुन्। यसअघि चौथो विकेटका रुपमा विराट कोहली आउट भएका थिए। उनलाई अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले बोल्डआउट गरेका हुन्। कोहलीले ५४ रन बनाए। 

    सुरुवात उत्कृष्ट गरेको भारतले मध्यक्रममा सुस्ताएको छ। श्रेयस यय्यर तेस्रो, ४७ रन बनाएका कप्तान रोहित शर्मा दोस्रो तथा शुभमन गिल पहिलो विकेटका रुपमा आउट भएका थिए। 

    रोहितको विकेट म्याक्स्वेलले लिए भने यय्यरको अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले लिएका हुन्। रोहितले ४७ रन बनाए भने यय्यरले तीन बलमा चार रन बनाउँदै आएट भए। 

    यसअघि गिललाई पनि भारतले सात बलमा चार रन बनाएर गुमाएको थियो। भारतले अहिले ३९ ओभरको समाप्तिमा पाँच विकेट गुमाउँदै १९४ रन बनाएर खेलिरहेको छ। 


    प्रतिक्रिया दिनुहोस