बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी सेयर बजारले बनायो पुनः नयाँ रेकर्ड


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८११०:५९
    अमेरिकी सेयर बजारले बनायो पुनः नयाँ रेकर्ड

    काठमाडौं । अमेरिकी सेयर बजार डाउ जोन्स इन्डस्ट्रियल एभरेज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  

    पछिल्लो कारोबारमा डाउ जोन्स ०.३३ प्रतिशत अर्थात १३७.८९ अंकले बढेको छ । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३१३ विन्दुमा पुगेको छ । यो हालसम्मै उच्च विन्दु हो ।  

    पछिल्लो कारोबारमा एस एण्ड पी५०० भने ०.१३ प्रतिशत र नास्डक कम्पोजिट ०.३९ प्रतिशतले घटेका छन् । एनभिडिया कम्पनीको सेयरमूल्यमा २ प्रतिशतको गिरावट आएको छ ।  

    मुद्रास्फितीसम्बन्धी हालै प्रकाशित प्रतिवेदनमा अमेरिकी अर्थतन्त्रमा सुधार आएको देखिएको छ । जसका कारण सेयर बजारले गति लिईरहेको छ ।    


    प्रतिक्रिया दिनुहोस