बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतविरुद्ध ट्राभिस हेडको अर्ध शतक पूरा


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३ २०८००८:५६
    भारतविरुद्ध ट्राभिस हेडको अर्ध शतक पूरा

    काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले अर्धशतक पूरा गरेका छन्। सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ५८ बलमा ५० रन जोडेका हुन्। यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका छन्। 

    उनले मार्नस लावुस्चेनसँग ७० रनको साझेदारी गरेका छन्। यो साझेदारी नै भारतका लागि महंगो पर्ने देखिएको छ।

    भारतले जितका लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। जुन लक्ष्य सहज रुपमा पूरा गर्ने बाटोमा अस्ट्रेलिया देखिएको छ। २३ ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १२२ रन बनाएको छ।


    प्रतिक्रिया दिनुहोस