बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित


    हुलाक प्रेस

    • सोमबार, असोज २१ २०८१०८:५३
    लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

    काठमाडौं । रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनालाई अलाभेजलाई ३-० ले पराजित गरेको छ ।

    अलाभेजको मैदानमा आइतबार भएको खेलमा लेवान्डोस्कीले पहिलो हाफमै ह्याट्रिक गरे । उनले खेलको सातौं मिनेटमै राफिन्हाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । २२औं मिनेटमा लेवान्डवस्कीले फेरि राफिन्हाकै पासमा गोल गरी अग्रता दोब्बर पारे ।

    ३२औं मिनेटमा लेवान्डोस्कीले एरिक गार्सियाको पासमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ३-० को अग्रता पनि दिलाए । ४५औं मिनेटमा टी मार्टिनेजले गोल गरेपनि भिएरआरले मान्यता दिएन । दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन ।

    जितपछि बार्सिलोनाले ९ खेलबाट २४ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको दूरी बनाएको छ । समान खेलबाट रियलको २१ अंक छ । अलाभेज ९ खेलबा६ १० अंकसहित १२औं स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस