बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • व्यावसायीक फुटबलबाट इनियस्टाको सन्यास


    हुलाक प्रेस

    • मंगलबार, असोज २२ २०८१०८:२३
    व्यावसायीक फुटबलबाट इनियस्टाको सन्यास

    काठमाडौं । आधुनिक फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एक आन्द्रेस इनियस्टाले व्यावसायीक फुटबलबाट औपचारिक रूपमा संन्यासको घोषणा गरेका छन् ।

    स्पेनिस फुटबलका लिजेन्ड ४० वर्षिय इनियस्टाले आफ्नो २४ वर्षे व्यावसायीक करियरलाई विश्राम दिए । उनले गत मंगलबार नै ट्वीटरमार्फत बुट सँधैका लागि थन्क्याउने तयारी गरेको जानकारी दिएका थिए ।

    बार्सिलोनाको ला मासिया एकेडेमीका उत्पादन इनियस्टाले सन् २००२ मा बार्सिलोनको सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।
    १६ वर्ष क्याम्प नोउमा बिताएर इनियस्टा २०१८ मा जापानी क्लब भिसेल कोबमा आबद्ध भएका थिए । यसैगरी इनियस्टाले गत सिजन भने संयुक्त अरब ईमिरेट्स (युएई)को इमिरेट्स क्लबमा बिताएका थिए । यस सिजन भने उनी क्लबविहीन थिए ।

    इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलमा १३१ खेल खेल्दा १३ गोल गरेका छन् । उनकै गोलमा स्पेनले २०१० फिफा विश्वकप फाइनलमा नेदरल्यान्ड्सलाई हराएको थियो । यसबाहेक उनले दुई पटक युइएफए युरोपियन च्याम्पियनसिप पनि जितेका छन् ।
    बार्सिलोनाबाट  उनले ९ ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि हासिल गरेका छन् । यस्तै इनियस्टाले बार्सिलोनका लागि सामान तीन क्लब विश्व कप र सुपर कप, सात सुपर कोपा र ६ कोपा डेल रे पनि जितेका छन् ।

    यसैगरी उनले भिसेल कोबका लागि समान एक पटक जे लिग, जापनिज कप र जापनिज सुपर कपको पनि उपाधि जिते । 


    प्रतिक्रिया दिनुहोस