शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • जिम्बाब्वेले तोड्यो टी-२० क्रिकेटमा सर्वाधिक रन बनाएको नेपालको विश्व कीर्तिमान


    हुलाक प्रेस

    • बुधबार, कात्तिक ७ २०८१११:११
    जिम्बाब्वेले तोड्यो टी-२० क्रिकेटमा सर्वाधिक रन बनाएको नेपालको विश्व कीर्तिमान

    काठमाडौं । जिम्बाब्वेले गाम्बियाविरुद्धको टी–२० खेलमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान बनाएको छ ।

    बुधबार भएको यस खेलमा जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३ सय ४४ रनको विशाल स्कोर बनाएको हो ।

    योसँगै जिम्बाब्वेले टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान बनाएको हो । यसअघि यो कीर्तिमान नेपालको नाममा थियो। गत वर्ष नेपालले मंगोलियाविरुद्ध ३ विकेट गुमाएर ३१४ रन बनाएको थियो ।

    टी-२० क्रिकेटमा कुनै टोलीले ३०० भन्दा बढी रन बनाएको यो दोस्रोपटक हो ।


    प्रतिक्रिया दिनुहोस