बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अवैध सुनसहित दुई भारतीय नागरिक न्यूरोडबाट पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , कात्तिक ८ २०८१०६:४२
    अवैध सुनसहित दुई भारतीय नागरिक न्यूरोडबाट पक्राउ

    काठमाडौं। अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्यूरोडबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भारतको पश्चिम बंगाल कलकत्ता, पश्चिम मेदिनीपुर घर भएा ३५ वर्षीय प्रशान्तिज बेरा र पश्चिम बंगालकै मेदानपुर जिल्ल समङ थाना घर भएका ३० वर्षीय आनन्द साहु छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडबाट बुधबार पक्राउ गरेको हो ।

    उनीहरुबाट ११६.४५ ग्राम सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । शंकास्पद तवरले न्यूरोडमा हिँड्दै गरेको अवस्थामा साहुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीबाट बिना बिल बजिकको उक्त सुन बरामद भएको थियो।

    अनुसन्धानका क्रममा उक्त सुन बेराको रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ ।


    प्रतिक्रिया दिनुहोस