बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारतमा वायुसेनाको विमान दुर्घटना, पाइलट र कोपाइलट बाँच्न सफल


    हुलाक प्रेस

    • सोमबार, कात्तिक १९ २०८१०७:१४
    भारतमा वायुसेनाको विमान दुर्घटना, पाइलट र कोपाइलट बाँच्न सफल

    काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशको आगरामा सोमबार वायुसेनाको विमान मिग-२९ दुर्घटना भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार पाइलट र कोपाइलटले भने हाम फालेर आफ्नो ज्यान जोगाएका छन्। वायुसेनाद्वारा जारी विज्ञप्तिमा नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण उक्त दुर्घटना भएको जनाइएको छ। यो दुर्घटनाको छानबिन गरिने बताइएको छ।

    दुर्घटनापछि पाइलट र उनका साथी कोपाइलट दुई किलोमिटर टाढा फेला परेको बताइएको छ। पाइलटले बुद्धि पुर्‍याएर विमान कगरौलको सोनिगा गाउँ नजिकैको खाली खेतमा अवतरण गराए। मानव बस्ती भएको क्षेत्रमा दुर्घटना भएको भए ठूलो क्षति हुन सक्ने थियो।

    प्रारम्भिक जानकारीअनुसार यो मिग-२९ विमान पन्जाबको आदमपुरबाट उडेको थियो। काग्रोल थाना क्षेत्रको बाघा र बहा गाउँको बीचमा रहेको किसान बबीको खेतमा यो विमान दुर्घटना भएको हो।

    विमान खसेपछि आगलागी भएको थियो। तर विमान जमिनमा अवतरण हुनुअघि नै पाइलट र कोपाइलटले हाम फालेर ज्यान जोगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 


    प्रतिक्रिया दिनुहोस