बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एसि मिलानसँग रियाल मड्रिड पराजित


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २१ २०८१०९:२०
    एसि मिलानसँग रियाल मड्रिड पराजित

    काठमाडौं । साविक विजेता रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा एसि मिलानसँग ३–१ ले पराजित भएको छ ।

    मंगलबार राति रियाल घरमै स्तब्ध बनेको हो । रियाल लगातार दोस्रो पटक घरमा पराजित भयो । यसअघि बार्सिलोनासँग ला लिगामै पराजित भएको थियो । सन् २००० पछि घरमै लगातार पराजित भएपछि प्रशिक्षक कार्लाे एन्सोलोटी दबाबमा छन् ।

    इटालियन सिरी ‘ए’ क्लब एसि मिलानको जितमा मिलिक थिआव, अल्भारो मोरटा र तिजानी रेजिन्डरर्सले गोल गरेका हुन् । यसअघि २३औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । तर, एसि मिलानले खेलमा पकड राख्दै तीन अंक जित्न सफल भयो ।

    च्याम्पियन्स लिगमा दोस्रो हारपछि चार खेलबाट ६ अंक जोडेको रियाल १७औं स्थानमा छ । समान खेलबाट एसि मिलान १८औं स्थानमा रहेको छ ।

    राति नै भएको खेलमा म्यानचेष्टर सिटी स्पोर्टिङ सिबीसँग ४–१ ले पराजित हुँदा लिभरपुलले बायर लेभरकुसेनलाई ४–० ले हरायो । युभेन्ट्स र लिलले १–१ को बराबरी खेलेका छन् । 
     


    प्रतिक्रिया दिनुहोस