बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भिनिसियसको ह्याट्रिकमा रियालको सहज जित


    हुलाक प्रेस

    • आइतबार, कात्तिक २५ २०८१०८:११
    भिनिसियसको ह्याट्रिकमा रियालको सहज जित

    काठमाडौं । भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा शनिबार ओसासुनाविरुद्ध ४-० को सहज जित निकालेको छ ।  

    जितसँगै दोस्रो स्थानको रियालले १२ खेलमा २७ अंक जोडेको छ । पराजित ओसासुना समान खेलबाट २१ अंकका साथ पाँचौं स्थानमा छ ।

    सान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन भिनिसियसले ह्याट्रिक गर्दा जुड बेलिङघमले एक गोल थपे । खेलको ३४औं मिनेटमा भिनिसियसको गोलमार्फत रियालले अग्रता लिएको थियो । बेलिङघमको पासलाई पोस्टको दिशा दिए ।  

    आठ मिनेटपछि बेलिङघमले नै टोलीको अग्रता दोब्बर बनाए। उनले राहुल एसेन्सियोले उपलब्ध गराएको बललाई जाली चुमाए । भिनिसियसले ६१औं मिनेटमा गोलकिपर एन्ड्री लुलिनले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

    आठ मिनेटपछि नै भिनिसियसले ह्याट्रिक पूरा गर्दा रियाल ४-० ले अगाडि बढ्यो । उनले ब्राहिम डियाजले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

    त्यसपछि थप गोल निस्कन नसक्दा रियालले सहज जित दर्ता गर्यो ।

     


    प्रतिक्रिया दिनुहोस