बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रिमियर लिगमा २२ वर्षपछि इप्सविचको जित


    हुलाक प्रेस

    • सोमबार, कात्तिक २६ २०८११२:१९
    प्रिमियर लिगमा २२ वर्षपछि इप्सविचको जित

    काठमाडौं । इप्सिविच टाउनले इङ्लिस प्रिमियर लिगमा २२ वर्षपछि जित दर्ता गरेको छ । आइतबार इप्सिविचले घरेलु टोली टोटनहमविरुद्ध २-१ को जित निकाल्यो ।

    इप्सविचले पछिल्लो पटक सन् २००२ मा जित हात पारेको थियो । जारी सिजनमा टोलीको यो पहिलो जित हो ।

    जितसँगै रेलिगेसन क्षेत्र छाडेको इप्सविच ११ खेलमा आठ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट १६ अंकका साथ १०औं स्थानमा छ ।

    टोटनहम होस्टपुर रंगशालामा इप्सविचका लागि सामी स्जमोडिक्स र लियाम डेलापको गोल गरे । टोटहनमका लागि रोड्रिगो बेन्टनचरले गोल फर्काए ।

    खेलको ३१औं मिनेटमा स्जमोडिक्सको गोलमार्फत इप्सविचले अग्रता लिएको थियो । ४३औं मिनेटमा डेलापले टोलीको अग्रता दोब्बर बनाए । बेन्टनचरले ६९औं मिनेटमा गरेको गोल टोटनहमका लागि सान्त्वना बन्यो ।

    लिगअन्तर्गत आइबारै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० तथा न्युक्यासल युनाइटेड नटिङघम फरेस्टलाई २-१ ले पराजित गरे ।


    प्रतिक्रिया दिनुहोस