बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • आइतबार, मंसिर ९ २०८११२:१५
    सुनको मूल्य १ हजार ७ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । आइतबार छापावाल सुन तोलामा एक हजार ७०० रुपैयाँ बढेर एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो । 


    प्रतिक्रिया दिनुहोस