बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १४ २०८१०३:४४
    अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने विधेयक पारित

    काठमाडौं । अस्ट्रेलियाको संसद्‌ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक अनुमोदन गरेको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विधेयक बुधबार अस्ट्रेलियाली संसद्का तल्लो सदन र बिहीबार सिनेटबाट पारित भएको हो।

    विधेयक पारित भएसँगै अब त्यहाँ १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन पाउने छैनन्। तर यो कानुन कम्तीमा १२ महिनापछि लागू हुने बीबीसीले जनाएको छ। 

    प्राविधिक कम्पनीहरूले यो कानुन पालना गरेनन् भने उनीहरूलाई ५ करोड अस्ट्रेलियाली डलर (नेपाली झन्डै ४ अर्ब ४० करोड रुपैयाँ) जरिवाना हुनेछ।

    प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकालाई सामाजिक सञ्जालको खतराबाट जोगाउन यो कानुन आवश्यक भएको बताएका छन्। धेरै अभिभावकले पनि यसमा सहमति जनाएका छन्।

    आलोचकहरूले भने यो प्रतिबन्धले कसरी काम गर्छ र यसले गोपनीयता र सामाजिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठाएका छन्। 


    प्रतिक्रिया दिनुहोस