बिहीबार , कात्तिक ६ गते २०८३
images
  • यो साता चर्चामा :
  • इजरायलद्वारा सिरियाका कैयौँ सैन्य अखडामा दर्जनौँ हमला


    हुलाक प्रेस

    • मंगलबार, मंसिर २५ २०८१११:०३
    इजरायलद्वारा सिरियाका कैयौँ सैन्य अखडामा दर्जनौँ हमला

    एजेन्सी । सिरियाली सञ्चारमाध्यमका अनुसार इजरायलले सिरियाको राजधानी दमास्कसलगायत देशका विभिन्न क्षेत्रमा अवस्थित धेरै सैन्य अखडामा दर्जनौँ हवाई हमला गरेको छ।

    बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले सिरियाली सैन्य लक्ष्यमा सयभन्दा बढी आक्रमण भएको जनाएको छ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार इजरायलले रासायनिक हतियार उत्पादन गर्ने संदिग्ध अनुसन्धान केन्द्रमा पनि आक्रमण गरेको छ। 

    इजरायलले असद सरकारको पतन पछि "हतियारहरू अतिवादीहरूको हातमा पर्न नदिन" आक्रमण गरिरहेको बताएको छ।


    प्रतिक्रिया दिनुहोस