बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक


    हुलाक प्रेस

    • बुधबार, मंसिर २६ २०८११२:१६
    बजारमा अधिक तरलता, आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको हो ।  

    अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

    इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी पुस १७ गते हुनेछ ।  

    निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  


    प्रतिक्रिया दिनुहोस