बिहीबार , कात्तिक ६ गते २०८३
images
  • यो साता चर्चामा :
  • गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, मंसिर ३० २०८११०:१५
    गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु

    गाजा । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासले मारिनेमा मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर पनि रहेको जानकारी दिएको छ ।

    त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ भने १० जना उपचारका लागि आएको चिकित्सकहरुले बताएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चासहित सात जनाको मृत्यु भएको छ । इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ। इजरायलले धेरै पटक विद्यालयलाई हमासले आफ्नो आधारका लागि प्रयोग गरिरहेको बताएको छ, तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ ।

    अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो ।

    गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।


    प्रतिक्रिया दिनुहोस