बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै सुनको मूल्यमा उच्च गिरावट


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८११०:०४
    अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएसँगै सुनको मूल्यमा उच्च गिरावट

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य १.३६ प्रतिशत अर्थात ३५.९४ डलरले घटेको छ ।  

    सुनको मूल्य प्रतिऔंस २ हजार ६१० डलरमा कारोबार भईरहेको छ । बुधबार अमेरिकी कन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने निर्णय गरेसँगै सुनको मूल्यमा गिरावट आएको हो । 

    फेडरल रिजर्भले २५ बेसिक प्वइन्टले ब्याजदर घटाएको छ । यस्तै फेडले सन् २०२५ मा दुईपटक मात्रै ब्याजदर कटौती हुनसक्ने संकेत गरेको छ । 

    यस्तै डलरको मूल्य समेत बढेकाले सुन खरिद महङ्गो पर्न गएकाले यसको मूल्यमा गिरावट आएको बताइएको छ । लगानीकर्ताको नजर अब यही साता सार्वजनिक हुने अमेरिकी जीडीपी र मुद्रास्फिती तथ्यांकमा हुनेछ । जसले आगामी मौद्रिक नीतिको आधार तय गर्नेछ ।    

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.९३ डलरले घट्दै प्रतिऔंस २९.४९ डलरमा कारोबार भईरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस