बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य २८ डलरले बढ्यो, प्रति औस कति पुग्यो भाउ ?


    हुलाक प्रेस

    • आइतबार, पुस ७ २०८११०:३६
    सुनको मूल्य २८ डलरले बढ्यो, प्रति औस कति पुग्यो भाउ ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १.१० प्रतिशत अर्थात २८.४२ डलरले बढेको हो ।  

    यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२३ डलर पुगेको छ । अमेरिकी डलरको भाउमा आएको गिरावट र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको कमीका कारण सुनको मूल्य बढेको हो ।  

    यस्तै हालै प्रकाशित प्रतिवेदनअनुसार अमेरिकी मुद्रास्फिीतिमा कमी देखिएका कारण समेत सुनको मूल्य प्रभावित बनेको छ ।  

    पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.५० डलरले बढेर प्रतिऔंस २९.४९ डलरमा कारोबार भईरहेको छ ।  


    प्रतिक्रिया दिनुहोस