बिहीबार , कात्तिक ६ गते २०८३
images
  • यो साता चर्चामा :
  • हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु


    हुलाक प्रेस

    • बुधबार, पुस १० २०८१०९:४७
    हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु

    काठमाडौं । क्यारेबियन देश हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले गोली चलाएका छन् ।

    हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।

    यो सार्वजनिक अस्पताल जुलाईअघि हिंसात्मक समूहले कब्जा गरेको थियो । गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए ।

    रिपोर्टअनुसार दुई पत्रकार र एक प्रहरीको मृत्यु भएको छ। हाइटी क्यारिबियन सागरस्थित एक देश हो ।


    प्रतिक्रिया दिनुहोस