बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बिहीबार , पुस ११ २०८१११:३६
    सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार छ । बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस