काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको वार्षिक आम्दानी २४.१७ प्रतिशतले बढेको छ। उनले राष्ट्र बैंकबाट तलब, भत्ता, विशेष भत्ता भनेर लिएको कमाइमा उच्च वृद्धि भएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार, अधिकारीले वर्षभरिमा ६० लाख ९१ हजार ३३५ रुपैयाँ तलब भत्ता बुझेका छन्। अघिल्लो वर्ष उनले ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका थिए। गभर्नरका साथै बाँकी सदस्यको भत्तादेखि तलब बढाउनेसम्मको अधिकार सञ्चालक समितिलाई हुन्छ। उनीहरुले आफ्नो तलब, भत्ता र विशेष भत्ता वृद्धि गरेका हुन्।
गभर्नर अधिकारीको तलबको तुलनामा भत्ता अत्यधिक बढेको छ। पोहोर उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ लिएकोमा यसपालि १६ लाख ३२ हजार रुपैयाँ बुझेका छन्।