बिहीबार , कात्तिक ६ गते २०८३
images
  • यो साता चर्चामा :
  • युक्रेनले ईयूतर्फ रुसी ग्यास प्रवाह रोक्ने


    हुलाक प्रेस

    • बुधबार, पुस १७ २०८१११:०८
    युक्रेनले ईयूतर्फ रुसी ग्यास प्रवाह रोक्ने

    किभ । युक्रेन भएर युरोपेली संघ (ईयू) तर्फ रुसी ग्यासको आपूर्ति बुधबार अन्त्य हुँदै छ । युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्तोग्यास र रुसी कम्पनी ग्याजप्रोमबीचको पाँच वर्षे सम्झौता बुधबार सकिदैंछ । देशले आफ्नै नागरिकको रगतमा रुसलाई अतिरिक्त अर्बौँ डलर कमाउन नदिने अनि ईयूलाई तयारीका लागि पहिला नै एक वर्ष दिइसकेको युक्रेनी राष्ट्रपति भोलोदिमि जेलेन्स्कीले भनेका छन् ।

    युरोपेली आयोगले पनि महादेशको ग्यास प्रणाली लचिलो रहेको अनि ईयू भएर आउने ग्यास नआउँदाको परिस्थिति सहजै सामना गर्न सक्ने बताएका छन् । रुसले कृष्ण सागर भएर हंगेरी, टर्की र सर्बिया चाँहि ग्यास पठाउन सक्नेछ ।

    युक्रेन भएर ग्यास आउन बन्द भएपछि ईयूमा सस्तो रुसी ग्यासको युग सकिनेछ । यसबाट सबैभन्दा मारमा स्लोभाकिया पर्ने भएपनि पूर्व तयारी र वैकल्पिक आपूर्तिका कारण प्रभाव सीमित हुने युरोपेली आयोगले बताइरहेको छ ।

    युक्रेनको यस कदमका कारण रुसले महत्त्वपूर्ण बजार मात्रै गुमाउने तर यसले ईयूका देशहरूलाई धेरै समस्या हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् । २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता ईयूले रुसी ग्यास आयातमा उल्लेख्य कटौती गरिसकेको थियो । तर पूर्वी युरोपका देशहरूले अझै पनि रुसबाट वर्षमा ५ अर्ब यूरो बराबरको ग्यास किनिरहेका थिए ।

    २०२१ मा ईयूको ग्यास आयातमा रुसी ग्यासको अनुपात ४९ प्रतिशत थियो । तर २०२३ मा यो घटेर १० प्रतिशतभन्दा तल झरेको छ ।


    प्रतिक्रिया दिनुहोस