काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज नेपाल टेलिकम, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
साधारण सभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले भोली बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीहरुले वितरण गर्ने लाभांश पाउँन सक्नेछन् ।
नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता ३० रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुष २८ गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।
गरिमा विकास बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको सभा पुष २९ गते, सोमबार, होटल पोखर ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान साढे १० बजे बस्ने भएको छ ।
त्यस्तै,बुटवल पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुष २८ गते, आइतबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।