बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यती एअरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’ २५ हजारमा १० वटा टिकट


    हुलाक प्रेस

    • बुधबार, पुस १७ २०८१०९:५२
    यती एअरलाइन्सले ल्यायो ‘यती ट्राभल कार्ड’ २५ हजारमा १० वटा टिकट

    काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा निजी क्षेत्रको वायुसेवा प्रदायक यती एअरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक गरेको छ । ‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो । 

    यतीको सो योजना अन्तर्गत ग्राहकहरुले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् । उक्त कार्डमार्फत् सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ । एअरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ ।

    यती एअरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो । 

    उक्त योजनाबारे थप जानकारीका लागि यती एअरलाइन्सको आधिकारिक वेबसाइट www.yetiairlines.com हेर्न सकिन्छ । ट्राभल कार्ड लिनका लागि यो लिंक https://bit.ly/4gSyb7C मा क्लिक गरी आफ्नो विवरण रजिष्ट्रर गर्न सकिने जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस