बिहीबार , कात्तिक ६ गते २०८३
images
  • यो साता चर्चामा :
  • भियतनामसँग अमेरिकाको व्यापार घाटा ११० अर्ब डलर नाघ्यो


    हुलाक प्रेस

    • बुधबार, पुस २४ २०८१०९:३२
    भियतनामसँग अमेरिकाको व्यापार घाटा ११० अर्ब डलर नाघ्यो

    काठमाडौं । भियतनामसँग अमेरिकाको वैदेशिक व्यापार घाटा ११० अर्ब डलर नाघेको छ । अमेरिकाको तथ्यांक विभागले हालै सार्वजनिक गरेको आँकडाअनुसार सन् २०१४ को ११ महिनामा भियतनामसँगको व्यापार घाटा ११० अर्ब डलर नाघेको देखिएको हो ।  

    अमेरिकी डलरको तुलनामा भियतनामको मुद्रामा आएको करेर्डतोड गिरावटका बाबजुत अमेरिकामा भियतनामको व्यापारमा उछाल आएको छ । भियतनामसँगको व्यापार घाटा गत अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो । आँकडाअनुसार भियतनाम अमेरिकासँग व्यापार बचतमा रहेको तेस्रो ठूलो देश हो । अमेरिकासँग बचतको व्यापार गर्नेमा भियतनामभन्दा अघि चीन,युरोपेली युनियन र मेक्सिको रहेका छन् ।  

    यी देशहरुसँग अमेरिकाको बढ्दो व्यापर घाटाले जोखिम निम्त्याएको विश्लेषकहरुले बताएका छन् । यसका साथै यसले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयातमा २० प्रतिशत भन्सार शुल्क लगाउने सम्भावना बढाएको छ ।  

    भियतनामका लागि अमेरिका सबैभन्दा ठूलो बजारको रुपमा रहदै आएको छ । भियतनाममा एप्पल,गूगल,नाइकी र एन्टेल जस्ता निर्यातमुखि बहुराष्ट्रिय कम्पनीहरु सञ्चालनमा रहेका छन् ।  

    पछिल्लो समय भियतनामको मुद्रा डोङ डलरको तुलनामा कमजोर बनेको छ । कमजोर बनेको मुद्रालाई बलियो बनाउन भियतनामको केन्द्रीय बैंकले हस्तक्षेप गर्न सक्ने जनाएको छ । केन्द्रीय बैंकले विगतमा पनि देशको मुद्रालाई बलियो बनाउन डलर बिक्री गर्ने गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस