बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसी राष्ट्रपति पुटिन साउदी र दुबई भ्रमणमा


    हुलाक प्रेस

    • बुधबार, मंसिर २० २०८००३:४३
    रुसी राष्ट्रपति पुटिन साउदी र दुबई भ्रमणमा

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)को औपचारिक भ्रमणमा जाने भएका छन्। 

    युक्रेन युद्ध सुरु भएपछि भ्लादिमिर पुटिनले केही देशको मात्रै भ्रमण गरेकाले पनि यो भ्रमण महत्वपूर्ण मानिएको छ। 

    रुसले मध्यपूर्वमा जारी द्वन्द्वका बीच मध्यस्थकर्ताको भूमिका खेल्ने आफ्नो मनसाय संकेत गरेको बेला पुटिनको भ्रमण हुन लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। 

    समाचार एजेन्सी रोयटर्सका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो भ्रमणबाट फर्कने बित्तिकै पुटिनले रुसमा इरानका राष्ट्रपतिसँग पनि वार्ता गर्ने बताइएको छ।


    प्रतिक्रिया दिनुहोस